×

थापाथलीस्थित सुकुम्बासीहरूले धमाधम सार्दै सामान

images

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।

प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन्।

यससँगै सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारी तीव्र बनाएको छ । सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। सरकार पछि हट्ने संकेत नदेखिएपछि अधिकांश सुकुमबासीले समान सार्न थालेका हुन् । 

सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्न आग्रह गरिरहेका छन् ।

शुक्रबार​ ११ बैशाख २०८३ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया