×

कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानसँगै क्षमता अभिवृद्धि तालिम

images

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पुतलीबजार नगरपालिका–९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।

कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुर्नरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिनुभयो । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका क्रममा पोखराबाट गएको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायतका विषयमा जानकारी लिएको उहाँले बताउनुभयो । होमस्टे सञ्चालकलाई तालिम दिँदै गाउँ पर्यटन प्रवद्र्धन मञ्च९भिटोफ० गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पु¥याउन सक्नुपर्नेमा जोड दिनुभयो ।

 गाउँ पर्यटनमा होमस्टे ९घरवास०को महत्वपूर्ण भूमिका हुने जनाउँदै उहाँले राम्रो आतिथ्यता, सरसफाइ एवं व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक सरिता क्षेत्री, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङ, टेवानका महासचिव शोभा न्यौपाने पाण्डे लगायतले मिलेनिमयम ट्रेकका आसपासका प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रुपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्वपूर्ण सफलता हासिल हुनेमा जोड दिनुभयो । 

आइतबार​ ११ बैशाख २०७९ ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया