×

नेप्सेमा २६.१० अंकले वृद्धि

images

काठमाडौं ।  लगातार ६ दिनसम्म ओरालो लागेको शेयर बजारले सातौं दिन भने सु्धारको संकेत देखाएको छ ।

विगत ६ दिनसम्मको कारोबार दिनमा १२१.७७ अंक ओरालो लागेको नेप्से सोमबार २६.१० विन्दुले बढेर २६४०.७८ अंकमा आइपुगेको छ । बजार सकारात्मक रहदा कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ ।

बजार बढेको समयमा नाफा बुक गर्नेहरु झण्डै १२२ अंकले घटेको बजारमा पुन: प्रवेश गर्न थालेपछि बजारले सकारात्मक लय लिएको हो । बजार बढ्ने अपेक्षाले शेयर बिक्रीको चाप घटेपछि बजारमा बढोत्तरी आएको हो ।

निरन्तर नेप्से घटेपछि अन्योलमा रहेका सर्वसाधारण लगानीकर्तामा सूचक फराकिलो अंकले बढेपछि केही राहात भने दिएको छ । अल्पकालिन लगानीकर्ताहरु हाबी हुँदै आएको बजारमा यो वृद्धि कति टिकाउ होला भन्ने आशंका भने यथावत रहेको छ ।

सोमबार १० चैत २०८१ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया