काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट एमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कमल ऐरी, आरिफ शेख, अबिनाश बोहोरा, र सागर ढकालले १–१ विकेट लिए ।
सेमिफाईनलमा यूएईसँग पराजित भएको नेपाल आजको खेल जितेर तेस्रो स्थान पक्का गर्दैँ छनोटको सुखद अन्त्य गर्ने सोचमा छ ।
प्रतिक्रिया