×

सत्ता गठबन्धन धरापमा: गगन थापा

images

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ फेरि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग कुराकानी गर्ने भएका छन्। बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।  महामन्त्री  थापाले अहिलेको सत्तारूढ गठबन्धन धरापमा परेको बताएका छन्।

बैठकमा सहभागी महामन्त्री थापाले एमसिसी सम्झौता पारित गर्नेमा कुरा नमिलेपछि अहिलेको सत्ता गठबन्धन धरापमा परेको बताएका छन।  बानेश्वरको बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई एमसिसी पारित गर्न सहयोग गर्न आग्रह गरेको थापाले जानकारी दिए।

‘तपाईंको सरकारले दर्ता गरेको विषय हो। हामी प्रतिपक्षमा हुँदा तपाईंलाई सहयोग गरेका थियौं। हामी सरकारमा हुँदा पनि तपाईंहरूबाट त्यही अपेक्षा गर्छौं,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापाले भने। एमसिसीमा सहयोग गर्न पहिला सदन सुचारू हुनुपर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए।

‘त्यसका लागि सबै विकल्पहरूमा छलफल गर्न हामी तयार छौं भनेपछि साँझ ७ बजे फेरि बस्ने कुरा भएको छ,’ थापाले भने।संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो । 

बिहीबार १२ फागुन २०७८ ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया