×

लघु कथा- सन्तुष्ट

images

बन्दना र सविना दिदीबहिनीको उमेर जम्मा ४ बर्षको फरक थियो । बाबा आमाले दुबैलाई उत्तिकै माया दिएर हुर्काउनु भएको थियो। बाबा आमाले किनेर ल्याइएको कुनैपनि चिजमा बन्दना खासै चासो राख्दैन्थी नत कहिल्यै असन्तुष्ट जनाउँन्थी जे, छ,त्यसमा खुसी हुन्थि विनाको स्वभाव अलि फरक थियो। सविनालाई भने आफूले भने जस्तो हुनै पर्थ्यो ।ूयो आमालाई कहिल्यै कुनै चिज किन्न आउदैन, आफ्नो छोराछोरीले कस्तो लगाउँछन् ।

भन्ने , केहि थाहा छैन अरुको बाबाआमाले आफ्नो छोराछोरीलाई भने जस्तै चिज किनिदिएका हुन्छन् । सविना रिसाउदै, अर्को कोठा तिर जान्छे,यो केटीलाई त कहिल्यै चित्त बुझाउन नसकिने भइयो । जाडोमा स्विटर लगाउले भनेर झन् माया गरेर किनिदिएर ल्याइएको। रिसाएर पो गई सधै रिसाउनु राम्रो होइन यसरी सानोतिनो कुरामा असन्तुष्ट, भइरह्यो भने त हाम्रो जीवनमा खुसी कहिल्यै आउदैन आफूसँग जे छ त्यसमा खुसी हुनुपर्छ , लिएर जा , पैसा आफै किनेर आइज   आमा दिक्क मान्दै भन्नुभयो ।

पैसा पाएपछि, सविना खुसी हुदै पसल नजिकै के पुगेकी थिई कारले अचानक १ ठक्कर दियो।सविनाको दुबै खुट्टा गुम्यो । यो देखेपछि।बाबा ,आमा र बहिनी रोइरहेका थिए ,सविना  दुखि थिइन यो , देखेर आमाले सोध्नुभयो तँलाई यस्तो हुदा पनि दुःख लागेको छैनरु आमाको कुरा सुनेपछि।।।। सविनाले भनि , ूछैन आमा अघि तपाईंले भन्नुभएको हैन।।। जे छ त्यसैमा  सन्तुष्ट र खुसी हुनुपर्छ, भनेर रु धेरै खुसी पाउन खोज्दा यस्तो भयो । त्यसैले मसँग जे।।। छ।।। त्यसैमा सन्तुष्ट र खुसी हुन् खोज्छुू 
                                                                     
 

शुक्रबार​ १२ फागुन २०७९ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया