काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।
शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले दुवै निर्वाचनका लागि कार्त्तिक २८ गते दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले मंसिर १ देखि १० गतेसम्म राष्टिय सभाका लागि र मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।
प्रतिक्रिया