जुम्ल्याहा दिदी बहिनी ची र चिका योसिकावा आफ्नो देश जापानमा निकै चर्चित छन् । आफूलाई मनपर्ने स्वरुप पाउनका लागि उनले प्लास्टिक सर्जरीको जसरी सहारा लिए, त्यसैका कारण उनीहरु चर्चामा छन् ।
ची र चिका २० वर्षको हुँदाको फोटोलाई हालको फोटोसँग तुलना गर्दा उनीहरु दुई भिन्न व्यक्ति हुन् भन्ने लाग्छ । यी दुई अहिले ३४ वर्ष पुगेका छन् । इन्स्टाग्राम र ट्वीटरमा राखिने उनीहरुको फोटो हेर्दा उनीहरुको स्वरुप राम्रो बनाउन मेकअपले ठूलै भूमिका निर्वाह गरेको देखिन्छ तर उनीहरुको आँखाको आकार, नाक र पूरा अनुहारलाई छुट्टै खालको छ । यी दिदी बहिनीले कस्मेटिक सर्जरीमा २७५,००० डलर खर्च गरेको बताइन्छ । यो रकम उनीहरुले फिलर इन्जेक्सन, फेस लिफ्ट, नोज जब र डबल आइलिड सर्जरीका लागि खर्च गरेका छन् । यो प्रक्रियाका लागि असाध्यै दुख्ने र निको हुन पनि समय लाग्ने भएपनि उनीहरुलाई यस्तो गर्न कुनै आपत्ति छैन । उनीहरुले प्लास्टिक सर्जरी एम्बेसेडरको आफ्नो भूमिका खुसीखुसी निभाइरहेका छन् ।
मानिसहरुले आफूबीच सानैबेलादेखि तुलना गर्ने गरेको र त्यतिबेलादेखि नै ची र चिकाले आफ्नो स्वरुप परिवर्तन गर्ने सोच बनाएको बताए । उनीहरुले भने, ‘हामीमध्ये एकजनालाई राम्री भनिन्थ्यो, यदि एकजनाले अलिकति राम्रो अंक ल्याए भने ‘त्योभन्दा त यो नै स्मार्ट रहेछ’ भनिन्थ्यो । यदि कसैले जिम क्लासमा राम्रो गर्यो भने एकजना चाहिँ एथलिट रहेछ भनेर कमेन्ट गरिन्थ्यो ।’
‘यस्ता तुलनाले नै हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्यो । त्यसैले हामीले हाम्रो अनुहारमा के कमी छ त भनेर ऐना हेरेर अनुसन्धान गर्न थाल्यौँ । अलिकति ठूलो भएपछि हामीले हाम्रो स्वरुप परिवर्तनका लागि प्लास्टिक सर्जरी नै सबैभन्दा सजिलो माध्यम हो भन्ने थाहा पायौँ ।’
चीले सुरुमा प्लास्टिक सर्जरी गरिन् । नतिजा हेरेपछि बहिनीले पनि उनलाई पछ्याइन् ।
यी दिदी बहिनीले प्लास्टिक सर्जरीको ठ्याक्कै त्यहि प्रक्रिया अपनाएनन् तर उनीहरुले मेडिकल बिलमा भने ४० येन खर्च गरिसकेका छन् । उनीहरु यो प्रक्रिया छिट्टै रोक्ने मनसायमा पनि छैनन् ।
सुरुमा यी दिदी बहिनीले प्लास्टिक सर्जरीको ठ्याक्कै त्यति प्रक्रिया अपनाए किनभने उनीहरु आाफूबीच पुनः तुलना होस् भन्ने चाहँदैनथे । त्यसैले उनीहरु ठ्याक्कै उस्तै देखिन चाहन्थे तर समय बित्दै गएपछि उनीहरुको रोजाई भिन्न रहेछ भन्ने थाहा भयो ।
अहिले उनीहरुले जे गरिरहेका छन्, त्यसमा आफू खुसी भएको पनि बताएका छन् ।
प्रतिक्रिया