दाङ । दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् । शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको मल्लले जानकारी दिए । दुवैजना नुहाउने क्रममा शनिबार दिउँसो डुबेर बेपत्ता भएका थिए ।
प्रतिक्रिया