×

भीम रावलले शंकर पोखरेललाई व्यंग्य गर्दै भने 'झोले नेता' !

images

काठमाडौँ । भीम रावलले नेकपा एमालेका महासचिव शंकर पोखरेलविरुद्ध व्यंग्य गर्दै 'झोले नेता' भनेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले झोले नेताको भनाई भन्दै विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा भएको बताएको र देउवाक गल्ति उनका नभएर व्यवस्थाका भएको बताएका छन् ।

उनले भएका छन्-

पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे ! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे ! 'झोले' नेताको भनाई !

 

शनिबार ७ भदौ २०८२ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया