×

मर्स्याङ्दी बस दुर्घटना - ११ जना बेपत्ता, १५  जना अचेत भेटिए

images

दमौली। तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।

प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए।  

दुर्घटनामा ११ जना बेपत्ता भएका छन् ।१५ जना जना अचेत हुनुका साथै १४ जना सामान्य घाइते भएको रायले जानकारी दिए। बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ । 

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ। दुर्घटना भएपछि  सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

 

शुक्रबार​ ७ भदौ २०८१ ०१:१३ PM मा प्रकाशित

प्रतिक्रिया