काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले भेटवार्ता गरेकी छन् ।
शनिबार नै नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेकी सुआनले परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेकी हुन् । भेटमा दुई पक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी आफ्नो भ्रमण पुरा गरि भदौ ९ गते स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया