×

इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

images

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू  (ग्रीन कार्ड धारकहरू) लगायतका  अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा  कडाइ हुने जनाएको छ । 

विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम  नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगहरूको  विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ । 

नयाँ नियम अन्तरगत, विगत २१ दिन भित्रको समयमा कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइने छ ।

एजेन्सीका अनुसार हाल यस हप्ताको सुरुमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धहरूको दायरा विस्तार गरेको हो । सोमबार, सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणार्थ ३०–दिनको प्रतिवन्द प्याकेजको अनावरण गरेको थियो जसमा यात्री स्क्रिनि र अनुगमनलाई सुदृढ पार्दै, केही गैर अमेरिकीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धहरू लगाएको थियो । 

नयाँ नियमले स्थायी रूपमा अमेरिका बसोबास गर्ने कार्ड भएकाहरुलाईसमेत  अमेरिका फर्कन पूर्ण रुपमा निषेध गरेको जनाइएको छ । सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोतहरू व्यवस्थापन गर्न आवश्यक उल्लेख गर्दै अस्थायी रूपमा प्रवेश प्रतिबन्ध गर्ने अधिकार एजेन्सीलाई प्रदान गरेको जनाइएको छ ।

सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हाल सम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै  घटनाहरू रिपोर्ट गरिएको छैन, भने आम जनताका लागि तत्काल जोखिम कम रहेको जनाइएको छ ।  

शनिबार ९ जेठ २०८३ ०७:०२ PM मा प्रकाशित

प्रतिक्रिया