×

मन्त्रिपरिषद्का निर्णयहरुः दुई प्रहरी अधिकृतको बढुवा, ३३ करोड ऋणका लागि वार्ता टोली गठन

images

काठमाडौं । सरकारले दुई प्रहरी अधिकृतलाई बढुवा गर्ने भएको छ ।  जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयल आयोजित पत्रकार सम्मेनलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसको जानकारी दिए । 

यस्तै बैठकले प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामालाई नेपाल प्रहरीअन्तर्गत जनपथ प्रहरी समूहको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि गरेको कार्कीले बताए । 

त्यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई पुनः एकीककरण आयोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त ८६ करोडको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

साथै, विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने ३३ अर्ब ऋण सहायता सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । 

जेठ ६ गतेकै मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली बनाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।  यस्तै सरकारले निर्वाचनमा सहभागी सम्पूर्ण मतदातासँगै सहयोग गर्ने कर्मचारी, सुरक्षा निकायलगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिएको छ ।

सोमबार ९ जेठ २०७९ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया