काठमाडौं - अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चारै गोल पहिलो हाफमा भयो । नेपालको लागि सावित्रा भण्डारी र सविता रानामगरले गोल गरे । म्यानमार शीर्ष र नेपाल दोस्रो रहे । बुधबार हुने फाइनल खेलमा नेपाल र म्यानमार नै भिड्नेछन्।
यसअघि नेपालले किर्गिस्तान र लेबनानबिरुद्द समान १-० को जित दर्ता गरेको थियो । यता म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले पराजित गरेको हो ।
खेलमा लगातार दुई पटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो। खेलको छैटौँ मिनेटमा नै नेपाल १–० ले पछि परेको थियो। म्यानमारकी म्यान नाई खिनको फ्रिकीक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल सुरुवातमा नै पछि परेको हो।
तर खेलको ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्किएको हो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।
खेलको १५ औँ मिनेटमा गीता रानाको फ्रिकीक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। १६ औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध पुनः अग्रता बनायो। स्वी यी थुनको लामो प्रहारलाई मे हेथे वाइको नियन्त्रणमा लिएपनि नेपालकी डिफेन्डर गिता रानाले राम्रो सँग क्लीयर गर्न नसकेको बललाई उनले पोष्टको गति दिएकी थिइन्।
खेलको २७ औँ मिनेटमा साम्बाको फ्रिकिक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। ३२ औँ मिनेटमा म्याथ नोइको फ्रिकीक नेपालकी गोलरक्षक अञ्जनाको हातमा पुग्यो। तर खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो। प्रीति राईको पासमा साम्बाले बललाई पोष्टको जाली चुमाएकी थिइन्।
खेलको ६३ औँ मिनेटमा विन थेंगी टनको फ्रिकीक गोलरक्षक अञ्जनाको हातमा पुग्यो। खेलको ७३ औँ मिनेटमा प्रीति राईको फ्रिकीकमा रश्मी कुमारी घिसिङको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो। लगत्तै रेनुका नगरकोटेको प्रहार किपर कै हातमा पुग्दा नेपालले अग्रताको मौका गुमायो। नेपाल र म्यानमारबीच यो पाँचौं भेट हो । यसअघि नेपालले तीन हार बेहोर्दा एक बराबरीको नतिजा निस्केको थियो । यसअघि नै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारले अब उपाधिका लागि बुधबार भिड्नेछन्।
प्रतिक्रिया