×

विराटनगरका गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीको छापा, २० नेपाली पक्राउ

images

काठमाडौं । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेका २ क्यासिनोमा छापा मारेको छ । आइतबार राति गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा छापा मारेर प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । जसमा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन् ।

प्रहरीले छापा मार्दा क्यासिनोमा नेपाली भेटिएकाले पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनले भने, ‘क्यासिनोमा नेपाली प्रवेश निषेध छ । निषेध भएको ठाउँमा प्रवेश गराएको देखिएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । कटवालले भने, ‘केहीले ‘हामी कर्मचारी हौँ’ भनेका छन् । कर्मचारी भन्नेहरूको परिचयपत्र खोज्दैछौँ । ‘स्कृनिङ’ गरिसकेपछि मात्रै कति जनाविरुद्ध मुद्दा चल्छ भन्ने यकिन हुन्छ ।’

नियमअनुसार क्यासिनोमा विदेशी नागरिक पुष्टि हुने परिचयपत्र देखाएर मात्र प्रवेश पाइन्छ। तर, पछिल्लो समय भारतीय नागरिकको आवरणमा वा सञ्चालकहरूको मिलेमतोमा नेपाली युवा उद्यमी, विद्यार्थी र स्वास्थ्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति बढ्दै गएको स्रोतको दाबी छ।

 
सोमबार ७ पुस २०८२ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया