×

तिहारको सम्झना

images

इ–सञ्चारपार्टी संवाददाता
काठमाडौं । फूलैफूलको चाड तिहारको रौनक शुरु भईसकेको छ । तिहारले सबैलाई छोइसक्यो । आम मानिसहरुसँगै गायक गायिकाहरुलाई पनि तिहारले छोपिसक्यो । तिहार सबैलाई मनपर्ने चाड पनि हो । गाउँघर देखी शहरबजारसम्म पनि झिलीमिली हुँने भएकाले यो पर्व सबैलाई मन पर्छ । देउसी भैलोको रौनकले तिहारलाई झनै महत्वपूर्ण बनाईदिएको छ । भाइटिकाका बेला दिदिबहिनीले दाजुभाईलाई दिने आर्शिवाद अझ महत्वपूर्ण छ । 


गायिका राधिका हमाल पुनले यसपटकको तिहार पनि आफ्नै घर रोल्पामा मनाउँने सुरसार कसेपनि समय अभावका कारण आफु घर जाने नजानेमा दोधार रहेको बताउँछिन् ।  उनी भन्छिन्, चुनावी गीतको रेकर्डिङले गर्दा अलि व्यस्थ भईएको छ । ‘परिवारसँग चाडपर्व मनाउनुको रमाइलो नै बेग्लै छ । यस्तो पर्वको अवसरमा सबै आफन्त दाजुभाईसँग भेट हुँदा खुसी लाग्छ ।’ यसपटकको देउँसीभैलो राष्ट्रिय लोकदोहरी प्रतिष्ठानबाट खेल्ने योजना छ  । देउँसीभैलोमा खेल्ने कुरामा धेरै परिवर्तन आएको छ । पहिला देउँसी खेल्न जाने भनेपछि जाँगरिलो होइन्थ्यो तर अहिले त्यस्तो जाँगर आउँदैन । आफनोे दाजुभाई कोही नभएकोले आफनै दिदिबहिनीहरुसँग टीका लगाउने गरेको पनि उनी बताउँछिन् । 
गायिका अनुष्का पाठकलाई पनि तिहार निकै मन पर्छ । दाजु बिदेश हुनुभएको  हुनाले घरमा भाईलाई मात्र  भाईटीका लगाईदिने उहाँले जनाइन । ‘तिहारमा पशुपन्छीको पनि सम्मानपूर्वक पूजा गरिने हुँदा मलाई यो चाड निकै मन पर्छ’, पाठक भन्छिन्, ‘तिहारमा देउसीभैलो र झिलिमिली बत्तीको रमाइलो नै छुट्टै हुन्छ ।’ सानो हुँदा देउँसीभैलो निकै खेलिन्थ्यो, त्योबेलाको माहोल नै बेग्लै थियो, उहाँले बताइन । अहिले बिभिन्न संघसंस्थामा आयोजना हुने कार्यक्रमहरुमा गएर देउँसीभैलो मनाउने तरखरमा छु । तिहार भनेकै सेलरोटी र मिठाई खाने चाड हो त्यसैले पनि मलाई यो चाडमा एउटा भिन्दै अनुभुति हुन्छ । 


गायक युवराज चौलागाई तिहारको पूरै समय परिवारलाई दिने शुरसारमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, तिहार मलाई एकदमै मनपर्ने चाड हो । म प्राय कलाकार संघबाट आयोजना हुने देउँसी भैलो कार्यक्रममा सहभागि हुने गर्छु । सानो हुँदाको तिहार एकदमै रमाइलो हुन्थ्यो तर अहिदे त्यसको चार्म हराइसक्यो, चौलागाईले बताए । यस वर्ष भाईटीका नहुने भएकोले टीका नहुने उनको भनाई छ ।  घरमा आमाले पकाउनु भएको सेलरोटी खाएर साथीभाईसँग देउसीभैलो खेल्न जाँदाको क्षण नै भिन्न थियो । अब त्यो बेलाको समय कहिले फर्केर आउँला र ?,उनी सम्झिन्छन् । त्यतिबेला देउसीभैलो खेल्नेहरु धेरै हुन्थे तर अहिले कम छ । मलाई हाम्रो कला संस्कृती लोप हुँदै गएको महसुस भाईरहेको छ । तिहारमा पहिलाको जस्तो माहोल नै छैन । 


झिलिमिली बत्तीसँगै देउसी भैलो खेल्ने साथै नाचगान पनि गर्न पाइने भएकाले अधिकांशलाई तिहार बढी मन पर्ने बताए । लोकपप गायक आशिस सचिन भन्छन्, बिगतका केही वर्ष गीत संगीतकै सिलसिलामा देश वाहिर नै भईयो तर यसपटकको तिहार भने परिवारजन र साथीभाईहरुसँग भब्य रुपमा तिहार मनाउने योजनामा छु । सांगितिक कार्यक्रमहरु पनि अहिलेलाई थाँती राखेको छु ।  देउँसीभैली पहिला खेलिन्थ्यो तर अहिले खासै खेलिदैन, सचिनले भने ।
 

शनिबार ५ कात्तिक २०७९ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया