×

अमेरिकाबाट निर्देशक सुमनले ल्याए नयाँ गीत ‘तिमीलाई चाँडै

images

बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै...’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।
यो आधुनिक गीतलाई प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् ।
निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् ।
प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेश्रो र  निश्माको यो दोश्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै...र यो जीवन मिठो...गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टीएर...गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।
तिमीलाई चाँडै गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।

शुक्रबार​ ५ असोज २०८० ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया