×

सुनचाँदीको मूल्यमा वृद्धि : सुन तोलामा १५ सयले बढ्यो, कति पुग्यो मूल्य?

images

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो।

मूल्य वृद्धिसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला २ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी आज प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ।

शुक्रबार​ २३ असोज २०८३ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया