×

त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेस र एमालेका कारण दुर्दशा निम्तियो

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आज प्रतिनिधिसभामा प्रधानमन्त्रीको कार्य क्षमतामाथि  प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठको विषयवस्तु थियो त्रिभुवन विश्वविद्यालयमा डिनको नियुक्तिसन्दर्भमा भइरहेको लफडा हो । उनले त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेस र एमालेका कारण दुर्दशा निम्तिएको आरोप लगाइन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनापतिको संज्ञा दिँदै शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँडेको आरोप पनि लगाइन्।

‘विभागीय प्रमुख पदको लागि दलीय राजनीतिले त्रिविमा दुर्दशा निम्त्याएको छ। यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ। विवाद भएका विश्वविद्यालयका कुलपति को ?,’ उनले भनिन्, ‘प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालबाट माग गर्नुपर्ने त्यो परिषद्को कप्तान को ? प्रधानमन्त्री, साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र प्रशासन मूकदर्शक त्यसको माउ पार्टीको अध्यक्ष को ? अहिलेको प्रधानमन्त्री। शिक्षालयमा अहिले दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ भन्ने शिक्षक र प्राध्यापकले राजीतिक गर्नुपर्छ भन्ने पनि प्रधानमन्त्री।’

उनले आफ्नो शिक्षामा पार्टी दलीय राजनीतिमुक्त बनाउने अभियानमा रहेको बताए। सुमनाले आफू मन्त्री हुँदा विश्वविद्यालयमा दलीय राजनीतिमुक्त हुनुपर्ने विषय उठाएको पनि स्मरण गराइन्।

बिहीबार ६ भदौ २०८१ ०४:०८ PM मा प्रकाशित

प्रतिक्रिया