काठमाडौँ, ६ साउन । नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । बैंकबाट लिएको कर्जा दुरुपयोग सम्बन्धी बैंकिङ कसुर मुद्दामा फरार सूचीमा रहेका उनलाई बुधबार काठमाडौँको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका अग्रवाललाई बुधबार नै उच्च अदालत पाटनमा हाजिर गराइएको छ ।
किन गरियो पक्राउ?
व्यवसायी अग्रवाल यसअघि गत २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि सीआईबीद्वारा पक्राउ परेका थिए । त्यतिबेला केही दिन हिरासतमा बसेर सामान्य तारिखमा रिहा भएका उनी पुनः अर्को गम्भीर बैंकिङ कसुर मुद्दामा कानुनको फन्दामा परेका हुन् । उनका छोरा सुलभ अग्रवाल र बिचौलिया दीपक भट्ट हाल धितोपत्र तथा बिमा कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा न्यायिक हिरासत तथा अदालती प्रक्रियामा रहेका छन् ।
प्रतिक्रिया