काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक तालिका रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको समबन्धित मन्त्रीले उत्तर दिने तालिका रहेको छ ।
त्यस्तै आज प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्त्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया