काठमाडौँ । सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना अग्रिम भिसा १९३ देशको यात्रा गर्न सक्छन् । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२५ को पासपोर्ट सूचकांक जारी गरेको छ ।
यस सूचीमा गत बर्ष फ्रान्ससहित जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन संयुक्त रुपमा शिर्ष स्थानमा रहेका थिए । त्यसैगरी जापान र दक्षिण कोरियाको पासपोर्ट यस सूचीमा दोस्रो स्थानमा रहेका छन् । जापान र दक्षिण कोरियाका नागरिकले १९० देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।
त्यस्तै डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली र स्पेन यस सूचीमा संयुक्त रुपमा तेस्रो स्थानमा छन् र यी देशका नागरिकले १८९ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।
त्यस्तै अस्ट्रिया, बेल्जियम, लक्जेम्बर्ग, नेदरल्याण्डस, नर्वे, पोर्चुगल र स्विडेन संयुक्त रुपमा चौथो स्थानमा रहेका छन् र यी देशका नागरिकले १८८ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । यस सूचीमा ग्रीस, न्यूजील्याण्ड र स्वीजरल्याण्ड पाँचौं स्थानमा रहेका छन् भने बेलायत छैटौं र अस्ट्रेलिया, चेक रिपब्लिक, हंगेरी, माल्टा र पोल्याण्ड सातौं स्थानमा रहेका छन् । त्यसैगरी यस सूचीमा अमेरिका लिथुआनियासँगै १०औं स्थानमा रहेको छ ।
त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा ९५औं स्थानमा रहेको छ । यस अघि २०२४ मा नेपाल ९८औं स्थानमा रहेको थियो भने यस अघि जनवरीमा जारी गरिएको सूचकांकमा नेपाल १०१औं स्थानमा रहेको थियो । नेपालको पासपोर्ट सूचकांकमा सुधार भएको छ । नेपाली नागरिकले ३८ देशमा बिना अग्रिम भिसा यात्रा गर्न सक्छन् ।
यस सूचीमा छिमेकी देश भारत ८५औं स्थानबाट सुधार गर्दै ७७ औं स्थानमा रहेको छ भने चीन ६०औं स्थानमा रहेको छ । त्यस्तै सार्क देश बंगलादेश ९४औ स्थानमा छ भने पाकिस्तान ९६औं स्थानमा रहेको छ । यस सूचिको पुछारमा ९९औ स्थानमा अफगानिस्तान रहेको छ र विश्वको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा रहेको छ ।
पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?
यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ ।
एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।
प्रतिक्रिया