×

घुस लेनदेनकाे अडियाे प्रकरणमा न्यायाधीश– ‘अनुचित काम गरेकाे छैन, छानबिनमा सघाउँछु’

images

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे भएको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित काम नगरेको दाबी गर्नुभएको छ । 

हिजो मङ्गलवार बेलुकी सार्वजनिक अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे कुराकानी भएको छ । न्यायाधीश कोइरालाले फेसबुकमा स्टाटस लेखेर आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै घटनाबारे न्याय परिषद्बाट छानबिनकाे माग गर्नुभएको छ । आफूबाट कुनै अनुचित काम नभएको र विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको उहाँको दाबी छ । 

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा दुई करोड रुपैयाँ आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेको सुनिन्छ । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने बताउनुभएको छ । अडियो सार्वजनिक भएपछि काठमाण्डाै जिल्ला अदालतले न्यायाधीश कोइरालालाई आज कुनै पनि इजलास तोकेको छैन । 

बुधबार ८ असार २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया