×

सुनको भाउ चार सय रुपैयाँले घट्यो

images

सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९७ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

बुधबार ८ असार २०७९ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया