×

कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता डा महत

images

पाटन (ललितपुर), ९ जेठ : नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्‍याएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाएको छ । बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सहकारीको रकम अपचलनसम्बन्धी निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने पार्टीको मागमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

बुधबार ८ जेठ २०८१ १०:४९ PM मा प्रकाशित

प्रतिक्रिया