जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको छ ।
स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइ मेघगर्जनसहित पानी परेको हो ।
आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए। गएराति पनि काठमाडौंसहित देशका केही ठाउँमा पानी परेको थियो ।
यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
प्रतिक्रिया