×

भारतीय विदेश सचिवको नेपाल भ्रमणबारे सांसद पन्तको आपत्ती

images


काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय विदेश सचिवले गरेको नेपाल भ्रमण र भेटघाटलाई लिएर संसदमा प्रश्न उठाएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आजसम्म कसैको अधीनमा नरहेको देशका राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा पढ्नुपर्ने र विदेश सचिव आउँदा भेटघाटका समाचार अखबारमा हेर्दा लाजमर्दो भएको बताए । 

उनले भने ‘राष्ट्रपतिको चुनावअघि भारतीय विदेश सचिव यहाँ आउँछन् । उनी प्रधानमन्त्री, परराष्ट्र सचिवलाई मात्र होइन राष्ट्रपति र

पूर्वप्रधानमन्त्रीहरूसँग भेट गर्छन् । नेपालको राजदूत वा परराष्ट्र मन्त्रालयका सचिव भारत जाँदा यही किसिमको सहज भेटघाट हन्छ ?  यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नु पर्ने विदेश सचिव आउँदा भेटघाटका समाचार अखबारमा हेर्दा लाजमर्दो हुन्छ । किन यस्तो हुन्छ?’

उनले विदेशका अधिकारीहरू र राजदूतहरूले गर्ने भेटघाटलाई नियमन गर्न सरकार र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । 
 

बुधबार १० फागुन २०७९ ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया