काठमाडौँ । साताको अन्तिम कारोबारका दिन बिहिबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक नेप्से परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.६६ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।
आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।
प्रतिक्रिया