×

बाजुरामा गयो ५.२ रेक्टर म्याग्नेच्युडको भूकम्प

images

बाजुरा। जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किँदै होहल्ला गरेका हुन्।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन।

शनिबार ६ पुस २०८१ ०७:१४ AM मा प्रकाशित

प्रतिक्रिया