काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार मध्यान्ह काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। सामाखुशी र जावलाखेलबाट र्याली सुरु गरिएको फोर्सले बबरमहल, माईतीघर हुँदै नयाँबानेश्वरसम्म मार्च पास गर्दै प्रदर्शन सम्पन्न गरेको हो।
आज नै काठमाडौंको माइतीघरस्थित कार्की बैंक्वीटमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका छन् ।
केहीबेरमा माइतीघर र बबरमहल नजिकैको कार्की व्याङ्क्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् ।नेता बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाइने जानकारी दिए । ‘हामी विभिन्त पेशागत संस्थासँग पनि सहकार्य गर्छौं’ नेता बस्नेतले भने,’अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं ।’
प्रतिक्रिया