×

प्रधानमन्त्री कार्कीको जेनजी, सहिद परिवार र घाइतेका तीन समूहसँग छलफल

images

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन् ।

सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए ।

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताउनुभयो। जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले बताइन् । 

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरुलाई सुझाव दिइन् ।

 

शुक्रबार​ ६ मंसिर २०८२ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया