काठमाडौँ ।नेकपा एमालेले ११औं महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ ।
बिहीबारको सचिवालयको बैठकले प्रतिनिधि व्यवस्थापनका लागि संगठन विभाग प्रमुख काशीनाथ अधिकारी संयोजक र सोही विभागका सचिव माधव ढुंगेल सदस्य–सचिव रहेको प्रतिनिधि व्यवस्थापन समिति, उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र बागमती प्रदेश इन्चार्ज राजन भट्टराई सचिव रहेको जनपरिचालन समिति गठन गरेको छ ।
त्यस्तै सचिव छबिलाल विश्वकर्मा संयोजक तथा लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति, सचिव लेखराज भट्ट संयोजक र भीम अधिकारी सचिव रहेको खाद्य व्यवस्थापन समिति, सचिव गोकर्ण विष्ट संयोजक तथा रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, सचिव रघुवीर महासेठ संयोजक र महेश बस्नेत सचिव रहेको अतिथि सत्कार समिति बनाएको छ ।
सचिव पद्मा अर्याल संयोजक तथा राजेन्द्र गौतम सचिव रहेको प्रचारप्रसार समिति, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयंसेवक परिचालन समिति, विनोद श्रेष्ठ संयोजक तथा लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति, कृष्णगोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक तथा विनोद श्रेष्ठ सचिव रहेको आर्थिक समिति, महासचिव शंकर पोखरेल संयोजक, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव र योगेश भट्टराई सदस्य रहेको सचिवालय समिति बनाएको छ ।
निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा संयोजक रहेको निर्वाचन संयोजन समिति गठन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया