काठमाडौँ । नेकपा एमालेले स्वयंसेवक दल घोषणा गर्ने कार्यक्रममा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की बैंकेटमा आयोजित कार्यक्रममा स्वयंसेवक दल घोषणा गरिरहेको छ ।
सामाखुशी र जावलाखेलबाट सुरु भएको र्याली बबरमहल, माइतीघर हुँदै नयाँबानेश्वरसम्म मार्चपास गर्दै कार्की बैंकेटमा पुगेको थियो ।
नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्यालीमा सहभागी नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताए ।




प्रतिक्रिया