×

विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस आज मनाइँदै

images

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । 

यस वर्षको विश्व शान्ति दिवसको नारा 'हाम्रा अपराधहरू क्षमा गर्नुहोस्: हामीलाई तपाईंको शान्ति दिनुहोस्’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।

आइतबार​ ५ असोज २०८२ ०९:३३ AM मा प्रकाशित

प्रतिक्रिया