×

रोनाल्डो र फेलिक्सको २-२ गोलमा अल नासर विजयी

images

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२ गोल गरेका थिए भने एक गोल किंग्सले कोम्यानले गरेका थिए । त्यस्तै मामाडाउ सियाल्लाले एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३ खेलमा ९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल रियादको यस सिजनमा यो दोस्रो हार हो ।

आइतबार​ ५ असोज २०८२ ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया