×

बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई दिए राज्यको मान्यता

images

काठमाडौँ । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।

क्यानडाले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेसँगै यस्तो घोषणा गर्ने पहिलो जी-७ देश बनेको छ । त्यस्तै क्यानडापछि अस्ट्रेलियाले पनि प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको छ ।

 प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै बेलायती प्रधानमन्त्री केइर स्टारमरले भनेका छन्- 'आज, प्यालेस्टिनी र इजरायली जनताको लागि शान्ति र दुई-राज्य समाधानको आशा जीवित राख्न, संयुक्त अधिराज्यले औपचारिक रूपमा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिएको छ ।'

गत जुलाईमा, स्टारमरले इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानको सर्तहरू पालना गरेन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने बताएका थिए ।

 

आइतबार​ ५ असोज २०८२ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया