काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुनको कारोबार अघिल्लो दिनको तुलनामा सस्तिएको छ।
यता सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि दर्ज गरिएको छ। महासंघका अनुसार आज चाँदीको मूल्यमा वृद्धि भई नयाँ मूल्य कायम भएर कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।
प्रतिक्रिया