×

मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने

images

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले रुपन्देही- ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नै उम्मेदवार तय गर्न जिम्मेवारी दिने निर्णय गरेको हो । 

निर्णयमा भनिएको छ- 'रूपन्देही-३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णयप्रति पुनः प्रतिवद्धता जनाउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्ने जिम्मेवारी दिइएको छ। उक्त निर्वाचन प्रचार-प्रसार तथा परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ ।'

 

Single Image

बिहीबार ५ भदौ २०८२ ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया