काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१ मा भारी वर्षाको सम्भावना रहेको छ ।
यो प्रदेशका पहाडी क्षेत्रमा पहिरो र नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा बाढी डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएराति ठूलो पानी नपरे पनि अन्य क्षेत्रमा भने ठूलो पानी परेको छ । विशेषगरी प्रदेश–१, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको थियो ।
आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन् ।
प्रतिक्रिया