काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन् ।
शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका हुन् । साथै उनि रिहा भएपछि चितवनमा सार्वजनिक कार्यक्रममा सरिक भए । पार्टीले आयोजना गरेको चौविसकोठीको कार्यक्रममा उनले कारको हुटमा उभिएर सम्बोधन गरेका थिए ।
उनले सो क्रममा देशमा परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । तर, चुनावको लागि मात्रै हो भने सहकार्य नहुने उनको प्रतिक्रिया छ । उनले चितवनले आफूलाई सधैं न्याय गरेको पनि बताए । उनले परिवर्तनको लागि देशका मिल्नुपर्नेहरु एक ठाउँमा उभिने र मिलेरै छोड्ने पनि घोषणा गरे ।
लामिछानेले अब जेनजी युवा पुस्ताको साथ लिएर देश निर्माण गर्ने बताए । उनले भने,‘हामी चुनाव कुरेर बसेका थियौँ, तर जेन–जीले बीचमै सरकारलाई तागत देखाइदियो, सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ? म भन्छु–अब हामी बनाउँछौँ। जेन–जीको साथ बोकेर अब देश बनाउन हामी लाग्छौँ,रास्वपा लाग्छ ।’ छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै सहीद परिवारको न्यायका लागि लड्ने बताए । सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ ।
उहाले जेनजी र जेनजी सहिद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यवद्धता रहेको जिकिर गरेका छन् । सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।
प्रतिक्रिया