×

एनपीएल हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन

images

काठमाडौँ । नेपाली क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि निःशुल्क बस सेवा सुचारु हुने भएको क्यानले जानकारी दिएको छ । 

यसको लागि मुस्कान ट्राभल्सको सहकार्य रहेको गरेको क्यानले जनाएको छ । यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ ।

नि: शुल्क बसका रुटहरु:

तल्लो टीयू गेट र ल्याब स्कूलको अगाडिबाट 

रूट १: टीयू गेट – स्वयम्भू - बालाजु ।

रूट २: टीयू गेट – स्वयम्भू - बालाजु - महाराजगञ्ज ।

रूट ३: टीयू गेट – बल्खु - कालिमाटी - थापाथली बानेश्वर - तीनकुने - गौशाला - चाबहिल ।

रूट ४: टीयू गेट – बल्खु - सातदोबाटो- कोटेश्वर ।

बिहीबार ५ मंसिर २०८२ ०७:२९ AM मा प्रकाशित

प्रतिक्रिया