×

डेकेन्द्र श्रेष्ठले फेरि आफ्नो नयाँ सांगीतिक सौगात 'तिमी पनि एक्लै म पनि एक्लै' सार्वजनिक

images

काठमाडौं – दशैँ तिहारको कोसेली स्वरूप हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठले फेरि आफ्नो नयाँ सांगीतिक सौगात 'तिमी पनि एक्लै म पनि एक्लै' सार्वजनिक गरेका छन्। रमाइलो डान्सिङ बिटमा आधारित यस गीतमा गायक राजु प्रिती र  गायिका निशा रणपालको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द,संगीत  डेकेन्द्र श्रेष्ठको रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  बिरेन्द्र भट्टले छायाँकन गरेको यस  गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार तथा संगीतकार  डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल 'डेकेन्द्र प्रडक्सन' मार्फत भिडियो सार्वजनिक गरिएको  हो। यसअघि  श्रेष्ठको शब्द संगीतमा रहेको 'तिमीले साथ', 'आँखा वरिपरी', 'निष्ठुरी', 'के भयो तिमीलाई' लगायात थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।  
 

शुक्रबार​ ३ कात्तिक २०८० ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया