×

साताको पहिलो दिन नेप्से ४७.४४ अंकले घट्यो

images

काठमाडौँ — साताको पहिलो दिन नेप्से ४७.४४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा बन्द भएको हो ।

दसैं बिदापछि खुलेको सेयर बजार ४ कारोबार दिन यता लगातार बढेको थियो । तर पाँचौ कारोबार दिनमा भने दोहोरो अंकले घट्यो । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ । कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो ।

आज ८८ हजार ७१४ पटकको सेयर किनबेचबाट ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये म्युचअल फन्ड स्थिर रह्यो भने अन्य सबै उपसमूह घटे ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटे ।
 

आइतबार​ ४ कात्तिक २०८१ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया