×

‘नाई नभन्नु ल ६’ को छायांकन सुरु

images

फिल्म ‘नाई नभन्नु ल ६’ को छायांकन सुरु भएको छ । आज बिहीबारबाट फिल्मको छायांकन सुरु भएको हो । काठमाडौं मलबाट फिल्मको छायांकन सुरु भएको छायांकार पुरुषोतम प्रधानले जानकारी दिए ।  फिल्मका पहिलो दृश्य अनुभव रेग्मीको खिचिएको छ । छायांकन पहिले निर्माण युनिटले मैतीदेवी मन्दिरमा फिल्मको स्क्रिृत पूजा गरेको थियो । तिहार अगाडि ३ दिन छायांकन हुने फिल्मको बाँकी छायांकन तिहारपछि हुनेछ । 

विकासराज आचार्यको निर्देशन रहने ‘नाई नभन्नु ल’ को यो छैठौं श्रृखंला हो । फिल्ममा अभिनेत्री आँचल शर्मा, आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहनेछ । अभिनेत्री सञ्चिता लुइँटेल र अभिनेता निखिल उप्रेतीका छोरा अर्थव उप्रेतीले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गर्दैछन् । 

बाल मनोविज्ञानको कथामा फिल्म बन्न लागेको हो । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, वसन्त सापकोटाको संगीत छ । अगामी बैशाख १ गते फिल्म रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ । 

बिहीबार ३ कात्तिक २०७९ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया