×

सुनको मूल्यमा फेरि भारी वृद्धि: आज कतिमा हुँदैछ किनबेच?

images

नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २,१०० रुपैयाँले बढेको छ।

मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको छ।

आइतबार​ ४ असोज २०८३ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया