काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलाल र अल अहली साउदी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा अल हिलाल र अल अहलीले ३-३ गोलको बराबरी खेलेका हुन् ।
३-० ले पछि परेको अल अहलीले खेलमा कमब्याक गर्दै खेलको अन्तिम समयमा तीन गोल गरेर खेल बराबरी गरेको थियो ।
अल हिलालका लागि मालकमले २ गोल गरेका थिए भने थियो हर्नानडेजले एक गोल गरेका थिए । अल अहलीका लागि इभान टोनीले २ गोल गरेका थिए भने मेर्लिन डेमिरलले एक गोल गरेका थिए ।
यो बराबरीपछि अल हिलालको ३ खेलमा ५ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै अल अहलीको ३ खेलमा ५ अंक नै छ र आठौ स्थानमा रहेको छ ।
प्रतिक्रिया