काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
भेटपछि प्रचण्डले कांग्रेस एमालेले लामिछानेलाई दुख दिएपछि रास्वपालाई फाइदा भएको बुझेको उनले आफुलाई बताएको उल्लेख गरे । प्रचण्डले भैरहवाको तुलनामा नख्खु कारागारमा राम्रो सुबिधा रहेको आफुले पाएको बताए ।
लामिछानेसँग राजनीतिक विषयमा पनि छलफल भएको बताउदै उपसभामुखलाई हटाउन खोजेको बारे पनि चर्चा भएको जानकारी दिए । जनता सम्पूर्ण रुपमा कांग्रेस एमाले विरोधी भएर पनि सरकारले नचेतेको प्रचण्डको आरोप रहेको छ ।
लामिछानेले कांग्रेस-एमालेले आफु बिगो बराबरको रकम धितो राखेर बाहिर बसेर मुद्धा लड्न समेत नदिएको भन्दै गुनासो गएको प्रचण्डले बताए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत साउन ३१ गते ललितपुरस्थित नख्खु कारागार ल्याइएको थियो ।
प्रतिक्रिया