काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदको अवमूल्यन गरिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले बालुवाटार, बूढानीलकण्ठ र सिंहदरबारको बैठकबाट उपसभामुख इन्दिरा रानामाथि बारम्बार आक्रमण भइरहेको बताउदै आफुहरुले यस्तो अपमान नसहने बताए ।
उनले भने- 'सांसदको विवेक बन्दी नबनाऊ । सांसद आफै सार्वभौम हो । आज रास्वपालाई निषेध गर्न खोजिदैछ । बारम्बार कार्यपालिकाले व्यवस्थापिकामाथि अवमुल्यन भएको छ उपसभामुख पदको अवमूल्यन भइरहेको छ । बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भएको छ ।'
सांसद परियारले उपसभामुख राना मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सम्मानित भएकाले संसदको गरिमा बढाउन रास्वपाले उनलाई संसदमा ल्याएको बताउदै उनी जत्तिको सम्मानित कांग्रेस र एमालेका नेताहरु हुननसक्ने दाबि गरे ।
आक्रामक रुपमा प्रस्तुत भएका परियारले आफ्नो निजी स्वार्थक लागि व्यवस्थाप्रति आक्रमण नगर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया