×

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images

काठमाडौँ । आज संघीय संसदको प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने र 'मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बुधबार ४ भदौ २०८२ ०६:४५ AM मा प्रकाशित

प्रतिक्रिया